एमालेको नेपाल समूह गठबन्धनबाट बाहिरिने

काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल समूह पाँच दलीय गठबन्धनबाट बाहिरिने भएको छ । आज साँझ कोटेश्वरमा भएको गठबन्धनको बैठकपछि नेपाल समूह बाहिरिने भएको हो ।
बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्ने बताए । 'हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ र्छो । सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो,' बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने ।
उनले अब गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने बताए । 'गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकताaद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा,' पन्तले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया