सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सिन्धुपाल्चोकबाट सुपरमार्केटको सामान लिएर आएको कन्टेनरमा ७४० थान भेप, चालक खत्री समातिए

काठमाडौँ- प्रहरीले ७४० थान भेपसहितको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ५४९६ नम्बरको ट्रकबाट भेपसहित चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकको कन्टेनरमा सुपरमार्केटको सामान र अन्य रेडिमेट सामग्री ठूलो मात्रामा रहेको भन्सार स्रोतले इकागजलाई बतायो । प्रहरीले उक्त ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको बताइएको छ ।