मंगलबारदेखि लगाइने 'जान्सिन' खोप नेपालका शरणार्थीले पनि पाउने

काठमाडौँ : अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप नेपालमा रहेका शरणार्थीले पाउने भएका छन् । स्वास्थ्य सेवा विभागले विभिन्न समयमा आएर शरणार्थीको रुपमा बसेकालाई खोप दिने निर्णय गरेको हो ।
उक्त खोप एक डोज लगाए मात्र पुग्छ । मंगलबारदेखि ७७ जिल्लामा खोप लगाइने गरी विभागले सूचना जारी गरेको छ । नेपालमा शरणार्थीको रुपमा तिब्बतियन र भुटानी नागरिक छन् । त्यसैगरी पहिलो डोज खोप नलगाएका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसले लगाउन पाउने भएका छन् । पूर्ण र अति अशक्त अपाङ्गता ( वर्ग क र ख) भएका नागरिकहरूले समेत पाउने भएका हुन् ।
सोमबार बिहान अमेरिकाले कोभ्याक्समार्फत् सहयोग गरेको खोप नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमा १५ लाख ३४ हजार ८५० खोप अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । कोभ्याक्समार्फत यसअघि पनि गत वर्षको फागुन २३ गते तीन लाख ४८ हजार खोप आएको थियो । नेपाललाई अनुदान स्वरुप भारत र चीनबाट गरी २९ लाख खोप प्राप्त भएको छ ।
भारतबाट खरिद गरेर १० लाख र केही दिनअघि चीनबाट ८ लाख खोप आयात गरिएको थियो । चीनबाट खरिद गरिएको सबै खोप साउन ८ गतेसम्म ल्याइने सरकारले जानकारी दिएको छ । भारतमा कोभिड संक्रमितको संख्या बढेकाले खरिद गरेको १० लाख 'कोभिसिल्ड' खोप आयात हुन सकेको छैन ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया