रामनवमीमा सार्वजनिक बिदा

काठमाडौँ- सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।
अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया