अब बिवाइडी पाँच मिनेटमा चार्ज हुने, चार सय किमी कुदाउन सकिने

बेइजिङ- चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ ।
यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ ।
द गार्डियनको रिपोर्टका अनुसार ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ हजार किलोवाटको चार्जिङ गतिमा चार्ज गर्न सक्षम हुनेछ । यो प्रयोग गर्ने कारहरूले पाँच मिनेट चार्जमा ४०० किलोमिटरसम्म निर्धक्क यात्रा गर्न सक्ने छन्। कम्पनीका संस्थापक वाङ चुआनफुले मार्च १७ मा लाइभ स्ट्रिमिङ कार्यक्रममा यो दाबी गरेका हुन्।
यदि कम्पनीको प्रणालीले १ हजार किलोवाटको चार्जिङ गति प्रदान गर्दछ भने यो टेस्लाको सुपरचार्जर भन्दा दुई गुणा छिटो हुनेछ। टेस्लाको पछिल्लो संस्करणले ५०० किलोवाटसम्मको चार्जिङ गति दिन्छ। फास्ट चार्जिङ टेक्नोलोजीलाई विद्युतीय कारहरू थप लोकप्रिय हुने ठानिएको छ ।
द गार्डियनको रिपोर्टका अनुसार यो समाचारले पहिलेदेखि नै संघर्ष गरिरहेको टेस्लालाई थप समस्यामा पार्न सक्ने देखिएको छ। हाल टेस्ला मालिक एलन मस्कको स्टक गत मार्च १० मा मात्र १५ प्रतिशतले घटेको थियो ।
टेस्लाको बजार मूल्य डिसेम्बरमा १.५ ट्रिलियन डलरको कीर्तिमानी उच्च पुगेको थियो तर त्यसयता झण्डै आधाले घटेको छ। यसले बिवाइडी र अन्य चिनियाँ कम्पनीहरूद्वारा उत्पादित थप किफायती इभी मोडलहरूसँग बढ्दो प्रतिस्पर्धाको सामना पनि गरिरहेको छ।

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया