राप्रपाले उपत्यका केन्द्रित थप आन्दोलन गर्ने

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टीले उठाएका माग पुरा गर्न दबाब दिनका लागि भन्दै उपत्यका केन्द्रित थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
पार्टीको आन्दोलन परिचालन मूल समितिको बैठक चैत्र १२ गते बस्ने र थप उपत्यका केन्द्रित आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने उनले बताए ।
बैठकले समान विचार राख्ने सबै शक्तिहरूलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आव्हान गरेको छ भने वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको निष्कर्ष बैठकले निकालेको अध्यक्ष लिङ्देनले बताए । उनले राजसंस्थाको पक्षमा राप्रपाको अबको आन्दोलन निर्णायक हुने दाबी गरे ।
उनले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुवेदी वा अन्य कसैले बनाएको समितिमा आफू नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया