तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन नपाइने

काबुल - अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ ।
पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिबान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ। यसअघि महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइएको थियो भने अब नयाँ आदेशमा रेडियोबाट पनि महिलालाई हटाइएको छ । अब अफगानिस्तानको रेडियोमा महिलाको आवाज सुनिने छैन ।
अफगानिस्तान पत्रकार केन्द्रका अनुसार तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिवानको सूचना तथा संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । यस बाहेक तालिबानले धेरै निर्देशन दिएको छ, जसलाई रेडियो स्टेशनहरूले पालना गर्नुपर्नेछ।
निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।
यसबाहेक नयाँ अध्यादेशमा धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ। यसबाहेक रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीले पनि सूचना तथा संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।
अफगानिस्तान पत्रकार केन्द्रले यसको विरोध गरेको छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया