राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची इकागज |
काठमाडौँ- राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १:१५ बजेबाट सुरू हुनेछ ।
संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र बन तथा बातावरण मन्त्रालयसँग सबन्धित मन्त्रीले जवाफ दिनेछन भने राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्योहोरा जानकारी गराइनेछ ।
राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘सु शाषन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल एेनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिंग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव र प्रतिानिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई पारित गरियोस; भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया