‘ख्वपको पहिचान-भाग २’ पुस्तक सार्वजनिक

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ख्वपको पहिचान — भाग २’ पुस्तक सोमबार प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले साार्वजनिक गरेका छन् ।
विभिन्न क्षेत्रमा ख्याति पाएका व्यक्तित्वहरूको जीवनी समेटेर स्थानीय सन्दर्भ सामग्रीको रूपमा प्रकाशित पुस्तकले बालबालिकामा आफ्नो परिवारको लागि मात्र काम गर्ने नभई समाज र देशको निम्ति निःस्वार्थ भावनाले काम गर्नुपर्ने प्रेरणा मिल्ने सुवालले बताए । उनले भने, ‘भक्तपुरको पहिचानलाई विश्वसामु पस्कन पुस्तकले मद्दत गर्छ । त्यस्तै यसमा समावेश लेखहरूका विषयवस्तुमा भौतिकवादी व्याख्यालाई जोड दिनुपर्छ ।’
यस पुस्तकको भाषा सम्पादन बागीश्वरी माविका पूर्व प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले गरेका हुन् । यसमा संग्रहित २४ वटा लेखहरुबारे समीक्षा गर्दै उनले भने, ‘यस पुस्तकले शिक्षकहरुलाई सिर्जनशील बनाउन मद्दत पुर्याउँछ ।’
स्थनीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले पुस्तकमा छापिएका विभिन्न व्यक्तित्वका जीवनी तथा अन्य लेखहरुले भक्तपुरको समग्र इतिहासको उत्खनन् र अभिलेखकीकरण गर्ने जनाए । उनले भने, ‘विश्व मानव सभ्यतामा भक्तपुरको इतिहास, कला र सभ्यताका विभिन्न आयामबारे थप अध्ययन—अनुसन्धानमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया