प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्र संघको आग्रह

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरूलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसको अवसर पारेर उनले सो कुरा बताए । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ ।
उनले विश्व जनसंख्या दिवसका अवसरमा दिएको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । 'हामीले विश्व जनसंख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि हामीले सबैतिर आवाज उठाउनुपर्छ,' उनले भने ।
अहिले विश्वमा कोभिडको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेशा र रोजगारी गुमाएका महिलाहरूदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरू पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि आग्रह गरे ।
यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले विश्व जनसंख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे ।
अहिलेसम्मको तथ्यांकलाई हेर्दा विश्वमा कोभिड-१९ को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरिबीतर्फ धकेलिएका छन् । उनीहरूले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगारी गुमाउनुपरेका कारण यस्तो समस्यामा परेका बताए ।
त्यसैगरी विश्वका विभिन्न देशहरुमा जारी रहेको लकडाउनका कारण विश्वका ठूलो संख्याका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएका र उनीहरू अब लकडाउन खुले पनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसंघीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ । रासस

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया