अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

प्रतिक्रिया