काठमाडौं स्कूल अफ लले भन्यो, ‘आरोपहरु आधारहीन मात्रै नभई सामाजिक मर्यादाविपरीत’

काठमाडौं - काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरू तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा लगाइएका आरोपहरू आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको हो ।
एउटा व्यक्तिले विना कुनै आधार र तथ्य आफ्ना प्राध्यापकहरूमाथि अश्लील गाली गलौच गर्दै विभिन्न अरोपहरू लगाउने र उनैले समाजिक सञ्जालमार्फत लगाएको आरोपका आधारमा सञ्चार माध्यमहरू मार्फत सार्वजनिक भएका समाचार बारे कलेजको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार लेख्नुअघि कम्तीमा तथ्यहरूको जाँच गरिदिन कलेजले आग्रह गरेको छ ।
कलेजबाट भर्खरै पास आउट भएकी एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्राध्यापक डा. युवराज संग्रौलाले कलेजमा छात्राहरुसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको उल्लेख गरेकी थिइन् ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

प्रतिक्रिया