सरकार परिवर्तन हुने कुनै सम्भावना छैन - प्रमुख सचेतक बर्तौला

काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।
उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रुची भाकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे ।
उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएपनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि तयारी गर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया