लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौँ- इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए ।
म्यानचेस्टर युनाइटेडको यस सिजनमा यो १०औं जित हो । २९ खेलमा ३७ अंक रहेको युनाइटेड हाल लिगमा १३औं स्थानमा रहेको छ ।
त्यस्तै लेस्टर सिटीको भने २९ खेलमा १७ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया