पीएम कपमा आज तीन खेल हुँदै

काठमाडौँ- जारी पीएम कपमा आज तीन खेल हुँदै छन् ।
आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने मधेश प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा सुदूरपश्चिमले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने नेपाल पुलिस क्लब चार खेलमा अपराजित रहदै शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफ क्लबले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने आर्मी क्लब आफ्ना चार खेलमा अपराजित रहेको छ ।

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

प्रतिक्रिया