एटलेटिकोमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
यस खेलमा बार्सिलोना २-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित हासिल गरेको थियो ।
बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।
त्यसअघि एटलेटिको म्याड्रिडका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए । खेलको ७०औं मिनेटसम्म २-० ले अघि रहेको एटलेटिकोले त्यसपछि ४ गोल खाएको थियो ।
यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ । त्यस्तै २८ खेल खेलेको रियल म्याड्रिड ६० नै अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी एटलेटिको म्याड्रिडको २८ खेलमा ५६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया