पाकिस्तान : आत्मघाती हमलामा बसमा सवार पाँच सुरक्षाकर्मीको मृत्यु

क्वेटा (पाकिस्तान)- एक आत्मघाती कार बम हमलाकारीले आइतबार अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा सुरक्षा बलहरू बोकेको बसहरूलाई लक्षित गर्दा कम्तीमा पाँच अधिकारीको मृत्यु र अन्य १० जना घाइते भएको प्रहरीले बताएको छ ।
बलुचिस्तानको नौशकी जिल्लामा आक्रमण भएको स्थानीय प्रहरी प्रमुख जफर जमानानीले बताए । मृतक र घाइतेहरूलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
कार बम विस्फोटपछि पृथकतावादी विद्रोहीहरूले बसहरूमा गोली चलाएको अधिकारीहरूले बताएका छन् ।
प्रतिबन्धित बलुच लिबरेसन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ । गत हप्ता विद्रोहीहरूले एउटा रेलमा आक्रमण गरी करिब चार सय जनालाई बन्धक बनाएका थिए । सुरक्षा बलले अपरेसन सुरु गर्नुअघि २६ जनाको मृत्यु भयो । अपरेसनका क्रममा सबै ३३ जना आक्रमणकारी मारिएका थिए ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले सुरक्षा बलले आइतबार गोली चलाएको र कम्तीमा चार जना आक्रमणकारी मारिएको बताए ।
तेल र खनिजले समृद्ध बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र सबैभन्दा कम जनसङ्ख्या भएको प्रान्त हो । जातीय बलुच बासिन्दाहरूले लामो समयदेखि केन्द्र सरकारलाई भेदभावको आरोप लगाएका छन् । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ । बलुच लिबरेसन आर्मीले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएको छ । (एपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया