थप २ हजार ३७० जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा सोमबार थप २ हजार ३ सय ७० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६ सय ८९ पिसिआर परीक्षणका क्रममा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टीजेन परीक्षणका क्रममा ६८० जनामा संक्रमणपुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख १ हजार ४ सय ५८ पुगेको छ ।
त्यस्तै कोभिड कारण थप १८ जनाको मृत्यु भएको छ, हालसम्म नेपालमा ९ हजार ४ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार १ सय ३३ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ६ लाख २१ हजार २७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २६ हजार ७१२ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया