बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी

काठमाडौं - जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछाएको बागमतीले २२.५ ओभरमा अल आउट हुँदै ६७ रन मात्र बनाएको थियो ।
बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरोहिया र सुमन सुनुवारले ११-११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहान र बिप्रासन केसीले ३-३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२.४ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५-१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।
जारी पीएम कपमा यो लुम्बिनीको तेस्रो जित हो । लुम्बिनीको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ । त्यस्तै बागमतीको भने चौथो खेलमा तेस्रो हार हो । बागमतीको ४ खेलमा एक जितबाट २ अंक रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया