कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर

काठमाडौँ- कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन् । कनेक्ट किसान र एसोसिएसनबिचको सहकार्यले कृषि क्षेत्रको डिजिटलाइजेशनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासाथ यो सम्झौतामा हस्ताक्षर गरिएको हो ।
यो साझेदारी भेटरिनरी क्षेत्रको डिजिटलाइजेशनको दिशामा एक महत्वपूर्ण कदम हो । सम्झौताले तीन प्रमुख उद्देश्यलाई प्राथमिकता दिएको छ। कनेक्ट किसानका निर्देशक राजन दाहालले भने, “हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई स्मार्ट फार्मिङ प्रविधिहरूको उपयोग गर्न सघाउनु हो । अर्डर व्यवस्थापन प्रणाली कार्यान्वयन गरेर कृषक र भेटरिनरी सेवा प्रदायकलाई अझ प्रभावकारी रूपमा जोड्ने छौँ ।’’
यो सम्झौताले कृषि र भेटरिनरी सेवामा अनलाइन प्रविधिको समावेशलाई सुनिश्चित गर्दै भविष्यमा प्रगति र विकासको दिशा तय गर्ने अपेक्षासाथ गरिएको छ। यस सहकार्यले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र कृषक समुदायलाई अधिक प्रभावकारी र सुलभ सेवाहरू प्रदान गर्ने एसोसिएसनका अध्यक्ष रिमालले विश्वास व्यक्त गरे ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

प्रतिक्रिया