अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वीमा कहिले फर्किँदैछन् ?

लस एन्जलस- प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७:४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो तर फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ।
नासाका अनुसार, मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गरे र अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।
यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोरसहित चार अन्तरिक्ष यात्रीहरूलाई फाल्कनले पृथ्वीमा ल्याउनेछ । (सिन्ह्वा)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया