इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न आग्रह

बेइजिङ- चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।
सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताको लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ।
गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले अत्यधिक संवद्र्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्व दिइएको थियो ।
बेइजिङले शुक्रबार इरानका उपविदेशमन्त्री काजेम गारिबाबादी र रुसी उपविदेशमन्त्री सर्गेइ र्याबकोभलाई वार्ताका लागि आमन्त्रण गरेको थियो ।
चिनियाँ कूटनीतिज्ञ वाङ यीले इरानी आणविक मामिलामा वार्ता र संवादबाट व्यापक सहमति निर्माण गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले भने, “अहिले स्थिति फेरि नाजुक मोडमा पुगेको छ । हामीले शान्तिका लागि समय निकाल्नुपर्छ, राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नुपर्छ र बल प्रयोग र अवैध प्रतिबन्धको विरोध गर्नुपर्छ।”
गारीबादीले बेइजिङमा भएको ‘रचनात्मक’ वार्ताको प्रशंसा गर्नुभएको छ । “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रकृतिको छ,” उनले भने ।
“हाम्रो आणविक कार्यक्रम कहिल्यै पनि अशान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गरिएको छैन,” गारीबादीले भने ।
तर दुर्भाग्यवश, केही देशहरूले यस सम्बन्धमा अनावश्यक सङ्कट सिर्जना गर्न खोजिरहेका छन्।
“वर्तमान परिस्थितिको मूल कारण संयुक्त राज्य अमेरिकाको एकतर्फी बहिर्गमन हो,” गारिबाबादीले भने ।
रुसी र इरानी अधिकारीले शुक्रबार चीनका उपविदेशमन्त्री मा झाओसुलाई भेटेर इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान गरेको बेइजिङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
उक्त बैठकपछि माले ‘राजनीतिक र कूटनीतिक संलग्नता र पारस्परिक सम्मानमा आधारित संवाद’का लागि चीनको समर्थन रहेको दोहोर्याएका थिए ।
माले भने, “हामीले सबै गैरकानुनी र एकपक्षीय प्रतिबन्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ ।
उनले भने, “सम्बन्धित पक्षहरूले वर्तमान परिस्थितिको मूल कारणहरू समाप्त गर्न र प्रतिबन्ध, दबाब र बल प्रयोगको धम्कीलाई त्याग्ने काम गर्नुपर्छ।” (एएफपी)

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया