हमास इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार

गाजा सिटी (प्यालेस्टिनी क्षेत्रहरू)- हमासले शुक्रबार एक इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार रहेको बताएको छ । प्यालेस्टिनी विद्रोहीहरू र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष वार्ताका लागि भेला भएपछि हमासले उक्त कुरा बताएको हो ।
हमास र इजरायलबीच गाजा पट्टीमा युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणमा सहमति नभई समाप्त भएको थियो । हमासका एक वरिष्ठ अधिकारीले मङ्गलबार कतारको राजधानी दोहामा वार्ताको नयाँ चरण सुरु भएको बताएका थिए । इजरायलले पनि वार्ताकारहरूको टोली पठाएको थियो ।
“हिजो हमास नेतृत्वको प्रतिनिधिमण्डलले भ्रातृ मध्यस्थकर्ताहरूबाट वार्ता पुनः सुरु गर्ने प्रस्ताव प्राप्त गर्यो”, हमासले विज्ञप्तिमा भनेको छ, “यसको जवाफमा दोहोरो नागरिकता भएका अन्य चार जनाको अवशेषसहित अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्जेन्डरलाई रिहा गर्ने सम्झौता समावेश छ ।”
युद्धविरामको प्रारम्भिक छ हप्ता चरणमा इजरायली जेलमा थुनिएका लगभग एक हजार आठ सय प्यालेस्टिनी थुनुवाहरूको बदलामा विद्रोहीहरूले ३३ बन्धक मुक्त गरेका थिए । तीमध्ये आठ जना मृत थिए । (एएफपी)

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

'जलवायु परिवर्तनले युरोपको तापक्रम चार डिग्रीसम्म बढी'

चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

प्रतिक्रिया