आमाहरुको फुटबल प्रतियोगिता

म्याग्दी- खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ ।
जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ ।
जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले “आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो”, उनले भनिन्, “खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”
आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् ।
मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_N8QGZop7In_lfiyczv0bd7qr59hll1wiilgfn3spe5cbwzou2y4jsatsabzxft3415jji6t.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

प्रतिक्रिया