पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् ।
उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका छन् । साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । उनले प्रस्ताव अस्वीकार गर्दै भने, 'यो युक्रेनी सेनाको लागि अस्थायी आराम र पुन: संगठित हुने मौका बाहेक अरू केही हुनेछैन ।'
उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए।
यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रूसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् ।
यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिनले सैनिक पोशाक लगाएर युद्धग्रस्त क्षेत्र कुर्स्क क्षेत्रको भ्रमण गर्दै युद्धविराम नमान्ने संकेत गरेका थिए ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया