सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन

काठमाडौं - रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको पोशाकमा देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ ।
पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केही घण्टापछि नै कुर्स्क क्षेत्रमा सेनाको पोशाकसहित भ्रमण गरेका थिए ।
युक्रेनले गत अगस्टमा रूसको कुर्स्क क्षेत्रमा कब्जा गरेको कम्तीमा ९० प्रतिशत क्षेत्र गुमाएको छ ।
पुटिनको कुर्स्कको भ्रमणले ह्वाइट हाउसको पक्षमा आफूलाई फिर्ता ल्याउन युक्रेनको पीआर सफलताबाट ध्यान विचलित गरेको देखिएको छ ।
अहिले विश्वले नै रूसले अमेरिकाको मध्यस्थतामा गरेको युद्धविरामका सर्तहरू स्वीकार गर्छ कि गर्दैन भनेर जान्न पर्खिरहेको बेला, पुटिनको यस भ्रमणले थप अन्योलता बढाएको छ ।
एकातिर युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी प्रतिनिधिमण्डल युक्रेनसँगको वार्ताको सन्देश लिएर मस्को पुग्ने क्रममा रहेका छन् भने अर्कोतिर अमेरिकाले वार्तापछि यस अघि युक्रेनलाई रोकेका सैन्य सहयोगलाई निरन्तरता दिन शुरु गरिसकेको छ ।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्तावलाई रुसले अस्वीकार गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया