धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

धादिङ- धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिका संयोजकले नै राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको हो।
क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत भनेका छन्-
यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजिनामा दिनुभएको कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ।

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

प्रतिक्रिया