रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ - रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले १-० को जित हासिल गरेपछि समग्रमा २-२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस अघि पहिलो लिग रियल म्याड्रिडले २-१ गोल अन्तरले जितेको थियो ।
पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडका जुलियन अल्भारेज, एन्जल कोरिया र मार्कोस लियोरेन्टले पेनाल्टी मिस गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडले अब क्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया