फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै, स्वदेश फिर्ता गर्न छोरीको अपिल

काठमाडौं - फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सुनुवाईका लागि लगिँदै गरेको छ ।
पूर्व राष्ट्रपति डुटेर्तेलाई लिएर नेदरल्याण्ड्सका लागि उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार पुनः उडान सुरु गरेको ‘फ्लाइट ट्र्याकिङ साइट’ले जनाएको छ ।
डुटेर्ते अझै पनि निजी स्वामित्वको विमानमा छन् वा सार्वजनिक विमानमा भनेर पुष्टि गर्न सकिएको छैन ।
आइसिसीका अनुसार डुटेर्तेमाथि ‘मानवताविरुद्धको हत्याको अपराध’ को आरोप लगाइएको छ, जसमा अधिकारवादी समूहहरूले दशैं हजार गरिब पुरुषहरूको हत्या गरेको अनुमान गरेका छन्।
यसैबीच, पूर्व नेतालाई मनिला फर्किने अनुमतिका लागि माग गर्दै बुधबार फिलिपिन्सको सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।
बुधबार बिहान उनका वकिलले कान्छी छोरी भेरोनिकाका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गर्दै सरकारले डुटेर्तेलाई ‘अपहरण’ गरेको आरोप लगाउँदै उनलाई फिर्ता ल्याउन माग गरेका हुन् ।
फिलिपिन्सका वकिल साल्भाडोर पाओलो प्यानेलो जुनियरले फिलिपिन्सको न्यायिक प्रणालीले ‘सही तरिकाले काम गरिरहेको’ भन्दै अदालतबाहिर पत्रकारसँग भने, “आइसिसीले आफ्नो क्षेत्राधिकारको प्रयोग तब मात्र गर्न सक्छ, जब कुनै देशको राष्ट्रिय कानुनी प्रणालीले काम गर्दैन ।”
तर राष्ट्रपति भवनकी प्रेस अधिकृत क्लेयर क्यास्ट्रोले इन्टरपोललाई सहयोग गर्नु सरकारको जिम्मेवारी र विशेषाधिकार भएको बताएका छन्
“यो फिलिपिनी मानवता विरुद्ध अपराध विशेष गरी हत्याको आरोप लगाइएको नागरिकलाई आत्मसमर्पण गराउनु हो,” उनले भने ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_InKfj0RDPC_xdfoueh7qizwzjnkpytafxvznw2fkzcfe5cm7sslrnkc8x53trf2defrsqal.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया