अवैध जुवा र ठगीको आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित

काठमाडौं - थाइल्याण्डले अवैध जुवा तास र आर्थिक ठगीमा संलग्न भएको आरोपमा आफ्ना एक उच्च पदस्थ प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।
प्रहरी उपप्रमुख सुराशाट हाक्पार्नलाई मङ्गलबार औपचारिक रूपमा निलम्बन गरिएको प्रहरीले जनाएको छ ।
‘बिग जोक’ उपनामले चिनिने सुराशाटलाई सन् २०२३ मा ‘बेटफ्लिक्स’ को नाममा रेकर्ड गरिएको अवैध अनलाइन जुवा नेटवर्कमा संलग्नता रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गरिएको हो ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । उनले आरोपको खण्डन गरेका छन् तर अनुसन्धान जारी रहँदा पदीय प्रभाव पर्नसक्ने भन्दै उनलाई निलम्बित गरिएको छ।
थाई प्रहरीले उनलाई बर्खास्त गर्नु ‘अनुसन्धानको क्रममा रहेका अधिकारीहरूका लागि अनुशासनात्मक प्रक्रिया’ अनुरूप भएको बताएको छ।
बाजीका अधिकांश रूपहरू थाइल्याण्डमा अवैध मानिन्छन् । थाई अधिकारीहरूले प्रायः विदेशी स्वामित्वमा रहेका अवैध जुवा खेल्नेस्थल र वेबसाइटहरू बन्द गर्न प्रयास गरिरहेका समय अनुसन्धानका लागि उनको निलम्बन भएको हो ।
लामो समयदेखि सेवारत सुराशाटलाई अघिल्लो सेनासमर्थित सरकारका शक्तिशाली व्यक्तिहरूसँग जोडिएको छ ।
उहाँलाई सन् २०१८ को सेप्टेम्बरमा तत्कालीन उपप्रधानमन्त्री प्रवित वोङसुवानले अध्यागमन ब्युरोको प्रमुखमा नियुक्त गर्नुभएको थियो ।
सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री प्रयुत चान–ओ–चाले उहाँलाई प्रहरीको रणनीतिसम्बन्धी विशेष सल्लाहकार बनाउनुअघि उहाँ सन् २०१९ मा केही समय सम्पर्कबिहीन हुनुभएको थियो । उहाँ किन वेपत्ता हुनुभएको थियो भन्नेबारे कुनै कारण स्पष्ट गरिएको थिएन ।
सुराशातलाई बर्खास्तीविरुद्ध अपिल गर्न ३० दिनको समय दिइएको छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_InKfj0RDPC_xdfoueh7qizwzjnkpytafxvznw2fkzcfe5cm7sslrnkc8x53trf2defrsqal.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया