नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

काठमाडौं -नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको हो ।
नामिबियाको लागि यसमीन खानले सर्वाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र विल्का एम्वाटिलले २० तथ् सुने विटम्यानले १५ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।
यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया