लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो- सोबिता गौतम

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ अवाजहरुलाई दमन गरिरहेको आरोप लगाएकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले सरकार अत्याधिक शर्तक, असहिष्णु र उदाउँदै गरेको नयाँ अवाजहरुलाई दमन गर्न उद्दत रहेको बताएकी हुन् । उनले सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको पनि दाबी गरेकी छन् ।
अहिलेको सङ्कट सरकार आफैंले निम्त्याएको बताउदै सांसद गौतमले भनिन्-
सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो । उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंत्तिमा उभिन सक्थे, उनीहरुलाई झुठा मुद्दा लगाएर दमन गरिरह्यो ।
सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरुलाई होच्याउने, पत्रकारहरुको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरु कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन् । सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो । सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ, यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया