अमेरिका र युक्रेनबीच साउदी अरेबियामा वार्ता शुरु

काठमाडौं - साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता शुरु भएको छ ।
वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् ।
येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरूले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बीबीसीले उल्लेख गरेको छ । साथै रूससँग युद्धविराम कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।
यस अघि फेब्रुअरी २८ मा ह्वाइटहाउसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण भेटवार्तापछि ब्रिगेको वातावरण यस वार्तापछि सुध्रिने अपेक्षा गरिएको छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया