पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतंकवादीको नियन्त्रणमा

काठमाडौं - पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतंककारीहरूले नियन्त्रणमा लिएका छन् ।
यात्रुबज रेलका नौ बोगीमा ४०० भन्दा बढी यात्रुहरू रहेको सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरूले नियन्त्रणमा लिएको जियो न्यूजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
आतंककारीहरूले सुरुङमा रेल नियन्त्रणमा लिएर यात्रुहरूलाई बन्धक बनाएका थिए । साथै उनीहरूले चालकलाई गोली हानेर रेल आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । अहिले सुरक्षा बल घटनास्थलमा पुगेको रिपोर्टमा उल्लेख छ ।
बलुचिस्तान सरकारले आपतकालीन उपायहरू लागू गरेको छ र सबै संस्थाहरूलाई परिस्थितिसँग जुध्न परिचालन गरिएको जानकारी दिएको छ । यसैबीच, सिबी र सिभिल अस्पताल क्वेटामा आपतकालीन अवस्था लागू गरिएको छ। प्रान्तीय स्वास्थ्य विभागका अनुसार, सबै चिकित्सा र प्यारामेडिकल कर्मचारीहरूलाई सिभिल अस्पतालमा बोलाइएको छ र आपतकालीन अवस्थासँग जुध्न धेरै वार्डहरू खाली गरिएको छ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया