रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरियो - प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुचित ढंगले सांसदबाट निलम्बन गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले प्रतिपक्षीको आवाजलाई सदनमा स्पेस नदिन यस्ता गतिविधिहरू गरिरहेको आरोप लगाएका हुन् ।
प्रचण्डले हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन पहिलादेखि नै रहेको बताउँदै भने- ' अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैं मुल्यांकन गर्नुस् । हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं ।
त्यस्तै प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई ठाउँ–ठाउँमा घुमाएर सरकारले हुर्मत लिने काम गरेको बताउँदै भने-‘सदनभित्रै बहस गराउँदामात्रै लोकतन्त्र सुदृढीकरण गराउन सकिन्छ । ठाउँ–ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई सुदृढ गर्दैन । यो कुरा पनि हेक्का रहोस् ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया