संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ

काठमाडौं - राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरू डराएको दाबी गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरूलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् ।
उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको भूत ? उहासँग प्रश्न गर्न चाहान्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रायल मात्र हो । अरु जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरू थपिए भने जुन भिड आउँछ । त्यो देखेर नआतिनू होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला ।'
सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।'

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया