पूर्वराजाको उक्साहटमा संविधान विपरीतका काम भए- महेश बर्तौला

काठमाडौं - नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधान विपरीत र राष्ट्र हित विपरीतका गतिविधि भएको बताएका हुन् ।
उनले भने- 'पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधान विपरीतका कार्यहरू भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गानको अपमान गर्ने, यस खालका संविधान विरोधी गतिविधिहरू भइरहेका छन् । यी सबै कामहरू गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साहट दिइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थिति रहेको छ ।'
साथै, राजावादीहरुको विरोध प्रदर्शनमा भारतका उत्तर देशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरसमेत प्रयोग गरिएको स्मरण गराउँदै उनले यसलाई राष्ट हित विपरीतको कामको संज्ञा दिँदै कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रबाट फेरि पनि हुकम प्रमाङ्गी चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजालाई चेतावनी समेत दिएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया