अदालतको परमादेशले संविधान र लोकतन्त्रको रक्षा गरेको छ : नारायणकाजी
काठमडौँ : माओवादी प्रवक्ता नारायण काजी श्रेष्ठले सर्वोच्च अदालतको परमादेशले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन् । आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको उनले बताए ।
उनले ट्विट गर्दै लेखेका छन, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्दछौं ।प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’
उनले पहिलेदेखि नै अदालतले दायाँ बायाँ गर्ने स्थान नै नभएको बताएका थिए । जतिसुकै सरकारको प्रभाव राखे पनि त्यहाँ रहेका न्यायाधीशले अध्ययन गर्ने त संविधान र धारा नै हो । त्यो त सर्वसाधारणलाई पनि स्पष्ट थियो जुन न्यायमुर्तीलाई स्पष्ट नहुने कुरै थिएन ।
तर, वर्तमान प्रधानमनत्री केपी शर्मा ओलीको दम्भ, हुंकारले गर्दा कतै अन्य मोड लिने त होइन भन्ने थियो अब सबै टरेको उनले बताए । उनले प्रधानमन्त्री ओलीले देउवालाई बधाई दिँदै अदालतको फैसलालाई सम्मान गर्दै दलमिलाउन तिर लाग्न सुझाब पनि दिए ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया