परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । डा. राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।
भारतमा रहँदा राणाले भारतीय प्रधानन्त्ती नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ । नेपालले जेठमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि मोदीलाई निम्ता दिने उनको तयारी छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया