माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन

काठमाडौँ - नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताए । माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् ।
उनले भने- प्रतिगमनको कुनै सम्भावना छैन । राजा पुनस्थापित हुने कुनै सम्भावना छैन । प्रतिगामीहरु सल्बलाइरहेका छन् । यसले नेपाली जनतालाई केहि फरक पार्दैन । पहिले देखि चाहना राख्नेहरुले केहि आशा राखेको त देखीय तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हुन्छ भने बारेमा हामी एक मत छौं । सरकारको कुशासन, अहिले हेर्यौं भने हरेक क्षेत्रमा असफल देखिएको छ ।'
त्यस्तै, आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया