बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल

काठमाडौँ- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।
गएराती ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले गरेका थिए भने आर्सनलका लागि डेक्लान राइसले गरेका थिए ।
यो बराबरीपछि आर्सनलको उपाधि दौड अझै संकटमा परेको छ । हाल लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलमा ५५ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकले पछाडि रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ३४ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया