गेटाफेसँग हार्यो एटलेटिको म्याड्रिड

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत उपाधि दौडमा रहेको एटलेटिको म्याड्रिड गेटाफेसँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा गेटाफेले एटलेटिको म्याड्रिडमाथि २-१ गोल अन्तरको रोमान्चक जित हासिल गरेको हो ।
गेटाफेको जितमा दुवै गोल माउरो अरामबारीले गरेका थिए । उनले खेलको ८८औं र ९२औं मिनेटमा गोल गरेका थिए ।
यसअघि एटलेटिकोका लागि एलेक्जान्डर सोरलोथले खेलको ७५औं मिनेटमा गोल गरेका थिए । यस खेलमा खेलको ८८औ मिनेटमा एन्जल कोरियाले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।
यो हारपछि एटलेटिको म्याड्रिडको २७ खेलमा ५६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको २७ खेलमा ३३ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया