हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग

गाजा- इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्याएको हो ।
प्यालेस्टिनी लडाकू समूहका प्रतिनिधिहरूले सप्ताहन्तमा कायरोमा मध्यस्थकर्ताहरूसँग भेट गरी ‘बिना प्रतिबन्ध वा शर्त’ घेराबन्दी गरिएको क्षेत्रमा पुनः प्रवेश गर्न मानवीय सहायताको आवश्यकतामा जोड दिएको हमासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्झौताको ‘दोस्रो चरणका लागि वार्ता सुरु गर्न प्रत्यक्ष रूपमा अघि बढ्नुपर्ने’ आवश्यकतामा पनि जोड दिएको छ । दोस्रो चरणको वार्ताको उद्देश्य स्थायी युद्धविरामको लागि आधार तयार गर्नु हो।
हमासले दोस्रो चरणका लागि गाजाबाट पूर्ण इजरायली सेना फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य गर्नुपर्ने, सो क्षेत्रको पुनःनिर्माण गर्नुपर्ने र आर्थिक सहयोग गर्नुपर्ने लगायतका माग राखेको हमासका एक अधिकारीले एएफपीलाई बताएका छन् ।
हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौआले सूचकहरू सकारात्मक रहेको बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सोमबार दोहामा प्रतिनिधि पठाउने जनाएको छ ।
इजरायलले युद्धविरामको पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताउँदै आएको छ ।
इजरायलमा रहेका करिब एक हजार ८०० प्यालेस्टिनी कैदीहरूको रिहाईका लागि २५ जना जीवित बन्धक र आठ वटा शवहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि मार्च १ मा त्यो प्रारम्भिक अवधि समाप्त भएको थियो ।
यो युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी समयदेखि जारी लडाइँलाई धेरै हदसम्म रोकेको थियो । दक्षिणी इजरायलमा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा इजरायलको निरन्तर सैन्य अभियानका कारण गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको तर युद्धविरामले शान्तिको लागि वातावरण बनेको छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया