सिरियामा सर्वसाधारणको हत्या तुरुन्तै बन्द हुनुपर्छ : संयुक्त राष्ट्रसंघ

जेनेभा- संयुक्त राष्ट्र सङ्घले आइतवार उत्तरपश्चिमी सिरियामा भएको हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले हत्याको तुरुन्त अनुसन्धान गर्न आह्वान गरे ।
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।
सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।
“हामीले महिला, बालबालिका र सम्पूर्ण परिवारलाई लडाकुहरूद्वारा मारिएको अत्यन्त विचलित रिपोर्टहरू प्राप्त गर्दैछौं । उत्तर–पश्चिमी सिरियाको तटीय क्षेत्रहरूमा सर्वसाधारणको हत्या तुरुन्तै बन्द गर्नुपर्छ,” टर्कले एक विज्ञप्तिमा उल्लेख गरे ।
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शराले आइतवार राष्ट्रिय एकता र शान्तिको लागि आह्वान गरे ।
“सबै हत्या र अन्य उल्लङ्घनहरू तुरुन्तै, पारदर्शी र निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ । जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय कानूनको मापदण्ड अनुरूप जवाफदेही बनाइनुपर्छ । नागरिकहरूलाई आतंकित गर्ने समूहहरूलाई पनि जवाफदेही बनाइनुपर्छ,” टर्कले बताए ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले झडपलाई अत्यन्तै चिन्ताजनक रहेको बताउँदै स्वास्थ्य संस्था र एम्बुलेन्सहरू क्षतिग्रस्त भएकाले यसले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको बताए ।
“डब्लुएचओले घाइतेहरूलाई तत्काल हेरचाह प्रदान गर्न आपतकालीन औषधि आपूर्ति उपलब्ध गराउन काम गरिरहेको छ,” विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताए ।
संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशकले भने,“डब्लूएचओले सबै पक्षहरूलाई स्वास्थ्य सेवाहरूको सम्मान र सुरक्षा गर्न आग्रह गर्दछ, ताकि चिकित्सा सहायता सबैभन्दा बढी आवश्यक पर्नेहरूसम्म पुग्न सकोस् । शान्ति सर्वोत्तम औषधि हो ।” (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया