पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरूले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरको पोष्टर देखिएको छ ।
लामो समयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौंमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर पुगेका उनका सर्मथकले आदित्यनाथको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको छ । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौं भन्ने उल्लेख छ ।
आदित्यनाथ र ज्ञानेन्द्रको ठुलो पोष्टर बनाएर राजवादीहरू उपस्थित भएपछि अहिले राजावादीहरूको सक्रियतामा उत्तरप्रदेशका मुख्यमन्त्रीको सहयोग रहेको आशंका हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि पटक पटक आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेका छन् ।

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

प्रतिक्रिया