इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने

काठमाडौं - इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो ।
साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो र अब सम्झौताको दोस्रो चरणको वार्ता हुने भएको छ।
इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको बताउँदै थप विवरण भने दिएको छैन । इजरायल र हमासबीच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो ।
अमेरिकाले हमाससँग वार्ता सुरु गर्ने बारेमा पनि जानकारी गराएको छ । गत हप्ता, इजरायलले हमासलाई युद्धविराम सम्झौता बढाउन र बाँकी आधा बन्धकहरूलाई रिहा गर्न दबाब दिएको थियो । तर, सहमति हुन सकेन । हमासले अझै पनि २४ जना बन्धक र ३५ जनाको शव राखेको छ । इजरायलले हमासलाई दबाब दिन गत हप्ता गाजामा हुने सबै आपूर्ति बन्द गरेको थियो ।
इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणमा २५ जना जीवित बन्धकहरूलाई रिहा गरिएको थियो र आठ जनाको शव हस्तान्तरण गरिएको थियो । बदलामा, इजरायलले लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेक ओथियो । इजरायलले गाजाको बफर जोनबाट आफ्ना सेना फिर्ता बोलाएको छ, त्यसपछि हजारौं प्यालेस्टिनीहरू गाजा फर्कन थालेका छन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया