संवैधानिक इजलास सुरु

काठमाडौँ : सर्वाेच्च अदालतमा संवैधानिक इजलास सुरु भएको छ । प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तीको मुद्दामा आज सोमबार फैसला आउने भएको छ । न्यायाधीशहरु प्रधानन्यायाधीशको चेम्बरमा छलफल गरेर फर्किएपछि इजलास सुरु भएको हो ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ असार २८ गते तोकिएको थियो । गत असार २१ मा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको थियो। सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई थिए ।
एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका थिए । गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् । ७६९(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरे पनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गरिएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। देउवालाई एमालेकै २३ सांसदले पनि साथ दिएका थिए ।

रास्वपाको प्रश्न : सरकार गठनको १० महिना भइसक्यो जिबी राईलाई पक्राउ गरेर कहिले…
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी

स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

रेशम चौधरी पक्राउबारे जानकारी दिन संसद्मा माग

नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाईयो: प्रचण्ड

नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

प्रतिनिधिसभा बैठकः आजवाट नीति तथा कार्यक्रममा छलफल सुरू

प्रतिक्रिया