पूर्वप्रेमी शाहिदलाई करिनाले अंगालो हालेपछि...

काठमाडौँ- अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा ) २०२५ जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् ।
यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भयेक छ । यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गरिन् र सँगै उभिएर पोज पनि दिइन् । यो भिडियो र तस्बिर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन्।
गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बिर भाइरल भएको थियो ।
करिना र शाहिदले २००४ मा फिल्म 'फिदा'को सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गरे । उनीहरुले सार्बजनिक रुपमै आफ्नो प्रेम व्यक्त गरेका थिए ।
त्यसपछि फिल्म 'जब वी मेट'को छायांकनको क्रममा दुवै अलग भएका थिए । दुवैले २०१६ मा फिल्म 'उडता पंजाब'मा पनि सँगै काम गरेका थिए, तर त्यसमा उनीहरूको कुनै पनि दृश्य थिएन ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया