गाजाको पुनर्निर्माण गर्ने अरब मुलुकको योजनाको यूरोपेली मुलुकद्वारा प्रशंसा

बर्लिन- बेलायत, फ्रान्स, जर्मनी र इटालीले शनिबार मुस्लिम बहुय अरब राष्ट्रहरूले गाजालाई पुनर्निर्माण गर्ने प्रस्तावलाई ‘यथार्थवादी मार्ग’ भन्दै योजनाको प्रसंशा गरेका छन् ।
“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई आफ्नो नियन्त्रणमा लिने र त्यहाँका बासिन्दालाई विस्थापित गर्ने योजनाको प्रतिवाद गर्दै आएको अरब योजनाले कार्यान्वयन भएमा गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूको विनाशकारी जीवनस्तरको द्रूत र दिगो सुधार गर्ने वाचा गरेको छ,” चार देशका विदेशमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।
इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का ५७ सदस्य राष्ट्रले शनिबार साउदी अरबमा आयोजना गरेको आपतकालीन बैठकमा अरब लिगले अघि सारेको योजनालाई औपचारिक रुपमा स्वीकार गरिएको छ ।
इजिप्टले तयार पारेको योजनाले ट्रम्पको व्यापक निन्दा गरिएको अधिग्रहणको विकल्प दिएको र प्यालेस्टिनी प्राधिकरणको भविष्यको प्रशासनअन्तर्गत गाजाको पुनर्निर्माण गर्ने प्रस्ताव गर्दछ।
ट्रम्पको योजनाको विपरीत अरब योजनाले १७ महिनाको युद्ध भोगेका यस क्षेत्रका २४ लाख बासिन्दाहरूलाई विस्थापित नगरी पुननिर्माणको लक्ष्य राखेको छ ।
मुस्लिम विश्वको प्रतिनिधित्व गर्ने ओआईसीले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरूलाई यस योजनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।
गाजालाई नियन्त्रण गर्ने हमासको भूमिकाबारे उल्लेख नगरिएको इजिप्टको प्रस्तावलाई अमेरिका र इजरायल दुवैले अस्वीकार गरिसकेका छन् तर युरोपेली विदेश मन्त्रीहरूले भने यसले गाजाको पुनर्निर्माणको लागि यथार्थवादी मार्ग देखाएको बताएका छन्।
“हमासले गाजामा शासन गर्नु हुँदैन र इजरायलका लागि खतरा पनि हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं,” विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी सबै सरोकारवालाहरूको गम्भीर प्रयासको सराहना गर्दछौँ र अरब राष्ट्रहरूले संयुक्त रूपमा यो पुनरुत्थान र पुनर्निर्माण योजनाका लागि बनाएर पठाएको महत्वपूर्ण प्रस्तावको पनिसराहना गर्दछौं।
युरोपली नेताहरूले भनेका छन्, “हामी अरब पहल, प्यालेस्टाइन र इजरायलसँग मिलेर ती मुद्दाहरूलाई एकसाथ सम्बोधन गर्न काम गर्न प्रतिबद्ध छौं।” (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया