चितवनमा दुई जनामा डेल्टा भेरियन्ट पुष्टि

काठमाडौँ : चितवनमा दुई जनामा कोभिड- १९ को डेल्टा भेरियन्ट फेला परेको छ । अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा डेल्टा ( B1.617.2-like) पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका भित्रका पाँच वटा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको थियो ।
अस्पतालको अनुसार पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोभिड डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरूलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरूले बताएका छन् ।
सबै नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरू र जिल्ला प्रशासन कार्यालय चितवनबाट जारी भएको निषेधाज्ञाका नियमहरू पूर्ण रुपमा पालना गरी सुरक्षति रहनलाई अस्पतालले अनुरोध गरेको छ ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया